भारतीय चर्चित अभिनेता सुनिल शेट्टीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण
काठमाडौँ, २१ साउन । भारतका चर्चित अभिनेता सुनिल शेट्टीले चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका थिए ।
शेट्टीले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए ।
अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।