मदन पुरस्कारका लागि नौ कृति चयन

नेपालमा वौद्धिक जमात संगै आफ्ना बरिपरि समाजमा देखिएको हरेक विषयलाई साहित्यको माध्यम बनाउने क्रम बढ्दो छ । जसकारणले नेपाली साहित्यका पाठकहरु दिन प्रतिदिन बढ्दै गइरहेको कुरा नकार्न सकिदैन । त्यसैले गर्दा पाठक संगसगै नेपाली साहित्यको बजार हरेक वर्ष बढ्दो छ ।
बजारमा जस्तो पनि साहित्य देख्न र पढ्न पाइन्छ र बजारमा भेटिने हरेक प्रकारका साहित्यलाई मापन गर्ने कार्य वौद्धिक पाठकहरुले साहित्य अध्ययन पछि प्रस्तुत गर्ने विचारहरु नै मुख्य हुन् । उत्कृष्ट साहित्यलाई प्रेरण स्वरुप दिइने र साहित्यको वौद्धिकता मापन गर्ने केहि संघसंस्था र गुठिहरुले पनि गर्दै आइरहेका छन् । जसमा नेपालमा दिइने सबैभन्दा ठुलो रकमको साहित्यिक पुरस्कार, मदन पुरस्कार २०७३को लागि चयन भएका उत्कृष्ट नौ किताबहरुको श्रेष्ठसुचि प्रकाशित भएको छ ।
उक्त नौ सुचि मध्येवाट उत्कृट एकले नै यसवर्षको मदन पुरस्कार पाउने गुठिले जनाएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu